कमला ह्यारिसको समर्थनमा आए लियोनार्डो डिक्याप्रियो, यसकारण चाहँदैनन् ट्रम्पलाई

वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको समय नजिकिँदै छ । राष्ट्रपति चुनाव यही नोभेम्बर ५ मा हुँदैछ । यसपाली वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ ।
दुवै जना जोशका साथ चुनावी प्रचारप्रसार र र्यालीमा व्यस्त छन् । यसैबिच, लोकप्रिय अमेरिकी अभिनेता लियोनार्डाे डिक्याप्रियोले कमला ह्यारिसलाई समर्थन गरेका छन् । उनले कमला ह्यारिसलाई भोट दिन चाहेको कारण पनि स्पष्ट पारेका छन् ।
लियोनार्डाेले दिनेछन् कमला ह्यारिसलाई भोट
यसपटक कमला ह्यारिस अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन् । योसँगै डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका छन् । अभिनेता लियोनार्डाेले चुनावमा कमला ह्यारिसलाई भोट दिने बताएका छन् ।
यसका लागि उनले कमला ह्यारिसको जलवायु परिवर्तन र वातावरण संरक्षणप्रतिको संवेदनशीलतालाई कारण बताए ।
‘साहसी कदम चाल्न आवश्यक’
अभिनेताले इष्टाग्राममा आफ्नो एउटा भिडियो अपलोड गरेका छन । उनले हेलेन र मिल्टन आँधीका कारण हालै भएको विनाशलाई उल्लेख गरेका छन् । डिक्याप्रियोले भने, ‘जलवायु परिवर्तनले पृथ्वीलाई ध्वस्त पार्दै हाम्रो अर्थतन्त्रलाई चौपट पारिरहेको छ । हामीले हाम्रो अर्थतन्त्र, हाम्रो ग्रह र आफैँलाई बचाउन साहसी कदम चाल्न आवश्यक छ । त्यसैले म कमला ह्यारिसलाई भोट गर्दैछु ।’
ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको पछाडि तथ्य र विज्ञानलाई अस्वीकार गरेको पोष्टमा उनले बताएको छन् । आफूहरू अब पछाडि हट्ने जोखिम लिन नसक्ने भएकोले ह्यारिसलाई भोट दिन लागेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग