शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

भारतसामु जितका लागि ३ सय ५९ रनको लक्ष्य

शनिबार, १० कात्तिक २०८१, १० : ५६
शनिबार, १० कात्तिक २०८१

पुने । भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्डले जितका लागि ३ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । दोस्रो इनिङ्समा टोली २ सय ५५ रन बनाउँदै अलआउट हुन पुग्यो । 

न्युजिल्याण्डले पहिलो इनिङ्समा २ सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको भारत मात्र १ सय ५६ रनमा सीमित बन्यो ।

दोस्रो इनिङ्समा कप्तान टम ल्याथमले सर्वाधिक ८६ रनको योगदान दिए । उनले १३३ बलमा १० चौका प्रहार गरे ।

ग्लेन फिलिप्स ४८ रन बनाउँदै नटआउट रहे । उनले ८२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । टम बल्नडेलले ४१ रन जोडे । उनले ३ चौका प्रहार गरे ।

विल यङले २३ रन, डेरल मिचेलले १८ रन तथा डेभन कनवेले १७ रनको योगदान दिए । भारतका लागि वासिङ्टन सुन्दरले ४ विकेट लिए । १९ ओभर बलिङ गर्दै उनले ५६ रन खर्चिए ।

त्यस्तै, रवीन्द्र जडेजाले ३ विकेट तथा रवीचन्द्रन आश्विनले २ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप