शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

अनुहार चाउरी पर्न थालेको छ ? लगाउनु यी २ एन्टी एजिङ फेस प्याक

शनिबार, १० कात्तिक २०८१, १० : ४२
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । छाला हाम्रो शरीरको यस्तो एउटा अङ्ग हो जसले हामीलाई कयौँ बाह्य चीजहरूबाट सुरक्षा प्रदान गर्दछ । यसलाई धेरैले हाम्रो स्वास्थ्यको ऐना पनि भन्छन् । बिस्तारै उमेर बढ्दै जाँदा हाम्रो छाला सुख्खा हुने, चाउरी पर्ने अनि छाला झोलिने जस्ता बुढ्यौलीका लक्षणहरू देखा पर्न थाल्छन् । यसको एउटा कारण चाँहि उमेरसँगै शरीरमा कोलाजेन उत्पादनमा कमी आउनु पनि हो । 

निद्राको कमी, मदिरा सेवन, धूम्रपान र पराबैंगनी किरणको प्रभावले पनि छालाको कसिलोेपन कम गर्न सक्छ । तर, यस्ता केही घरेलु उपायहरू छन् जुन छालालाई कडा बनाउन प्रभावकारी साबित हुन सक्छन् । आजको यस लेखमा हामीहरू तपाईलाई बुढेसकालको असरलाई कम गर्न घरमै फेस प्याक बनाउने र प्रयोग गर्ने तरिका बताइरहेका छौं । 

घरमै यसरी बनाउनुहोस् एन्टी एजिङ फेस प्याक

  • मेवाको फेस प्याकः

मेवामा पापेन नाम गरेको विशेष इन्जाइम पाइन्छ । यसले छालाबाट विषाक्त पदार्थहरू हटाउन र रंग सुधार्न मद्दत गर्दछ । पापेन अल्फा–हाइड्रोक्सी एसिड संग मिलेपछि यसले  निकै राम्रो एक्सफोलिएटको काम गर्छ । यसबाट छालामा चमक, नमी र कोमलता आउँछ । 

मेवामा लाइकोपीन जस्ता एन्टिअक्सिडेन्ट पनि प्रशस्त हुन्छ, जसले छालामा बुढ्यौलीको प्रक्रियालाई धेरै हदसम्म उल्टाउन मद्दत गर्छ । यसका लागि एक कप काटेको काँचो मेवा, १ चम्चा मह र १ चम्चा कागतीको रसको पेस्ट बनाएर अनुहारमा २० मिनेट लगाएर धुनुहोस् । यसको नियमित प्रयोगले छालामा निखार र चमक आउँछ ।

  • केराको फेस मास्कः 

केरामा कयौँ प्रकारका भिटामिन पाइन्छ । केरा भिटामिन ए, भिटामिन बी६, पोटाशियम र भिटामिन सी जस्ता भिटामिनले भरपुर हुन्छ । यी सबैले छालासँग सम्बन्धित समस्याहरूलाई हटाउन सक्छ । केरामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले मुक्त कणसँग लड्न मद्दत गर्न सक्छ  र छालालाई क्षतिबाट बचाउँछ । केराको फेस प्याक लगाउँदा छालामा निखार आउँछ । 

यसले छालालाई मोस्चराइज गर्छ र यसलाई नरम बनाउँछ । फेसप्याक बनाउन पहिला १ चम्चा दही र एउटा सानो केरालाई कचौरामा हालेर मिच्नुहोस् । यो पेष्टलाई अनुहार र गर्धनमा लगाएर १५–२० मिनेटपछि घुनुहोस् । यो फेस मास्कले छालालाई ताजगी त दिन्छ नै चम्किलो र स्वस्थ पनि राख्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप