शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
बागमती नदी किनार सफा गर्दै ललितपुर महानगरपालिका, तस्बिरहरू
फोटोफिचर

बागमती नदी किनार सफा गर्दै ललितपुर महानगरपालिका, तस्बिरहरू

शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न सुरु गरिएको छ । ललितपुर महानगरपालिका, वडा,  स्थानीयहरू र नेपाल प्रहरी मिलेर सफाइ गरेका हुन् । 

bagmati safai (1)

शनिबार बिहान ७:३० बजेबाट बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाइ गरिएको हो । महानगरप्रमुख चिरिबाबु महर्जनले बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम सञ्चालन गरिने जानकारी दिए । 

bagmati safai (2)

बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको महर्जनले बताए । ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।

bagmati safai (3)bagmati safai (4)bagmati safai (5)bagmati safai (6)bagmati safai (7)bagmati safai (8)bagmati safai (9)bagmati safai (10)bagmati safai (11)bagmati safai (12)bagmati safai (13)bagmati safai (14)

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया