आहा ! धान झुलेको अलैचे फाँट (तस्बिरहरू)
लमजुङ । लमजुङ जिल्लाको दोर्दी–२ स्थित अलैचे फाँटमा यतिबेला धान लहलह झुलेको छ । कतिपय किसानहरू धान काट्ने चटारोमा छन् ।
खडेरीका कारण मकै बाली राम्रो नभए पनि बर्खामा पर्याप्त पानी परेकोले धान खेती भने यहाँ राम्रो भएको छ । फलतः यस वर्ष उब्जनी बढ्नेमा किसानहरू आशावादी छन् ।
०७२ सालको महाभूकम्प अघि यो फाँटमा एकाध मात्रामा घर रहे पनि अहिले अधिकांश घर खेतमै बनेका छन् । जसले खेतीयोग्य जमिन मासिँदै आएको छ ।
पाकेको धान तिहार अघि नै थन्क्याउने योजनाका साथ किसानहरू धान काट्ने दिन जुराइरहेका छन् । यहाँ रामधान, सुनौलो सुगन्ध, सुक्का २, साबित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र, लोकनाथ, गोरखनाथ, युएस ३१२, उपज, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतका हाइब्रिड जातको धान लगाउने गरिन्छ ।
जिल्लामा करिब नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो
-
इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजरायली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म