शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

के चिनियाँ ह्याकरहरूले डोनाल्ड ट्रम्पको फोन ट्याप गर्ने प्रयास गरेका थिए  ?

शनिबार, १० कात्तिक २०८१, ०९ : ४९
शनिबार, १० कात्तिक २०८१

वासिङ्टन डीसी । चीनसँग जोडिएका साइबर अपराधीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका साथी सिनेटर जेडी भान्सले प्रयोग गरेको फोन वा नेटवर्कहरू ट्याप गर्ने प्रयास गरेको हुन सक्ने अमेरिकी अधिकारीहरूले भनेका छन् । यस मामिलासँग सम्बन्धित धेरै स्रोतहरूले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजलाई यसको पुष्टि गरेका छन् । 

स्रोतका अनुसार ट्रम्प–भ्यान्स अभियानलाई पनि उनीहरूको फोनमा साइबर आक्रमण हुनसक्ने चेतावनी दिइएको थियो । ह्यारिस–वाल्ज अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई पनि साइबर आक्रमणको निशाना बनाइएको बताइएको छ । तर, अहिले यी दुवै घटनामा धेरै जानकारी आएको छैन । 

अमेरिकी न्याय मन्त्रालय र एफबीआईले यस सम्पूर्ण मामिलामा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।  ‘हामी चिनियाँ आक्रमणकारीहरूले कसरी हाम्रो सञ्जाल उल्लंघन गरे भनेर अनुसन्धान गरिरहेका छौं ।’ एफबीआई र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी(सीआईएसए)ले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

घटनाको अनुसन्धान भइरहेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । ट्रम्प अभियानसँग सम्बन्धित व्यक्तिहरूले यो सम्पूर्ण मामिलाको दोष डेमोक्रेटिक पार्टीलाई दोष दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप