इरानमाथि इजरायली हवाई आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालयले के भन्यो ?

वासिङ्टन डीसी । इरानमाथि इजरायलको हवाई हमलामा अमेरिका संलग्न नभएको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ । इजरायलले आफूहरूलाई आक्रमणबारे पहिले नै जानकारी दिएको पेन्टागनले भनेको छ ।
यसबाहेक अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इरानमाथि इजरायली आक्रमणबारे जानकारी गराइएको बताइएको छ । राष्ट्रपतिलाई इजरायली हवाई हमलाको बारेमा जानकारी दिइएको थियो र घटनालाई नजिकबाट नियालिएको एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसलाई भने ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इजरायली आक्रमणबारे जानकारी गराइएको थियो । उनले पनि यस विषयमा नजिकबाट नजर राखिरहेकी बताइएको छ ।
आफूहरूले इरानको सैन्य लक्ष्यमा सटीक आक्रमण गरिरहेको इजरायली रक्षा बल (आईडीएफ)ले भनेको छ । यसैबीच, इरानको सरकारी मिडियाले राजधानी तेहरानमा ठुलो विस्फोटको आवाज सुनिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प हुन सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री
-
६ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस