शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
हवाई आक्रमण

इरानमा इजरायली आक्रमणपछि इराकको सबै विमानस्थल बन्द

शनिबार, १० कात्तिक २०८१, ०९ : ३८
शनिबार, १० कात्तिक २०८१

बगदान । इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको इराकका यातायात मन्त्रीले बताएका छन् । 

इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ । इरानको पश्चिमी सीमा इराकसँग जोडिएको छ ।  क्षेत्रीय तनावलाई ध्यानमा राख्दै नयाँ सूचना जारी नभएसम्म देशका सबै विमानस्थलको सम्पूर्ण हवाई यातायात र सेवा बन्द गरिएको इराकको सरकारी मिडिया एजेन्सी आईएनएलाई उद्धृत गर्दै रोयटर्सले एउटा समाचारमा लेखेको छ । 

इजरायली हवाई आक्रमण स्थानीय समय अनुसार बिहान ५ बजेसम्म तेहरानमा जारी रहेको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी सम्बद्ध सीबीएस न्यूजलाई बताएका  थिए । समाचार एजेन्सी रोयटर्स र एएफपीले सिरियाली सरकारी मिडिया सानालाई उद्धृत गर्दै सिरियाको राजधानी दशमिक नजिकै विस्फोटको आवाज पनि सुनिएको बताएको छ ।

 सानालाई उद्धृत गर्दै रोयटर्सले उक्त हमलाले मध्य र दक्षिणी सिरियामा रहेका सैन्य लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप