मोटरसाइकलको ट्याङ्कीमा लुकाएर ल्याएको लाखौँको गहनासहित भारतीय नागरिक पक्राउ
रौतहट । लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई रौतहटमा प्रहरीले पक्राउ गरेको छ। भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ वर्षीय चन्देश्वर साह सोनार गहनासहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए
विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा शुक्रवार सीमावर्ती भारतीय बजार बैरगनियाबाट आउँदै गरेका साहमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो। मोटरसाइकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको ७ किलो १८७ ग्राम चाँदीको विभिन्न किसिमका गहना चेकजाँचमा बरामद गरिएको प्रवक्ता रायले बताएका छन्।
गहना र मोटरसाइकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्याङ्कनसहित आरोपी साहलाई गहना मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ