शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?

शनिबार, १० कात्तिक २०८१, ०६ : ३७
शनिबार, १० कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक १० गते । शनिबार । ईश्वी सन् २०२४ अक्टोबर २६ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि– नवमी, १ घडी १७ पला, बिहान ६ बजेर ४२ मिनेट उप्रान्त दशमी । नक्षत्र–अश्लेषा, १८ घडी ४४ पला, मध्यान्ह १ बजेर ४१ मिनेट उप्रान्त मघा ।

योग–शुभ, १० घडी ४ पला, बिहान १० बजेर १३ मिनेट उप्रान्त शुक्ल । करण–गर, बिहान ६ बजेर ४४ मिनेट उप्रान्त वणिज, बेलुकी ७ बजेर ७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट दिउसो १ बजेर ४१ मिनेट उप्रान्त सिंह । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५९ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ११ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर १२ मिनेटदेखि बिहान ७ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ३५ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म रोग बेला ।
बिहान ०८ बजेर ०० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर ३५ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ३६ मिनेटदेखि दिउसो ३ बजेर ५९ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ० मिनेटदेखि बेलुकी ६ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३५ मिनेटदेखि बिहान ५ बजेर २३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले खाद्यान्न, पहिरन, गरगहना तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्विहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले गीत सङ्गीतको क्षेत्रमा लगानी गर्नेहरूका लागी समयले साथ दिनेछ । टुरिजम् , होटल तथा रेस्टुरेन्ट पेसा व्यवसायमा आबद्ध रहनु भएकाहरूका लागी समयले साथ दिनेछ । आफन्तका साथ रमाइलो यात्रा गर्न सकिने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवादमा सामेल नहुनु होला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन,उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्नेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । मध्यान्हबाट साथीभाइ तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागी अली बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । दैनिक उपभोग्य सामान, विलासिताका सामान तथा पहिरनका सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रामा सहभागी हुन  सकिनेछ । शैक्षिक वा कर्म प्राप्तिको लागी लामो दुरीको यात्राको योग रहेको छ । सबैखाले व्यापारबाट मनग्गे आम्दानी हुनेछ । समयले साथ दिने हुनाले परिवारमा साथ मिष्ठान भोजन, रमाइलो यात्रा तथा भेटघाटमा समय बित्नेछ । मध्यान्हबाट स्वास्थ्य  सम्बन्धी समस्या आई दैनिकी प्रभावित हुनेछ । यात्रा गर्दा वा  सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।  मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बिच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) चली आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको पारिवारिक रमाइलो यात्राको तय हुनेछ । सवारी साधन तथा बिलासी सामान प्राप्तिको योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप