शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा आँधीका कारण कम्तीमा ८१ जनाको मृत्यु

शनिबार, १० कात्तिक २०८१, ०१ : ३०
शनिबार, १० कात्तिक २०८१

मनिला । फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८१ पुगेको छ । बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन् । 

प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटाङ्गस प्रान्तमा ४७ र मनिलाको दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा २८ जनाको मृत्यु भएको बताएको छ ।

फिलिपिन्स कोस्ट गार्डले शुक्रबार दिउँसो आफ्ना कर्मचारीहरूले नौ वर्षीय बालक र एक महिनाको शिशुलाई फेला पारेको बताएको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले दक्षिणपूर्वी एसियाली देशका कम्तीमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसलाई आँधीले असर गरेको बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप