पदयात्राका क्रममा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण

नयाँदिल्ली । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ ।
उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन् । उनका अनुसार पूर्व मुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए ।
मुख्यमन्त्री आतिषीले भनेकी छन्, 'पहिले उनीहरूले अरविन्द केजरीवालविरुद्ध नक्कली मुद्दा दायर गरे, उनलाई गिरफ्तार गरे, उनको इन्सुलिन रोकेर उनको हत्या गर्ने षड्यन्त्र गरे । जब अदालतले उनलाई रिहा गर्यो । अब भाजपाले आफ्ना गुण्डाहरूलाई प्रयोग गरेर आक्रमण गरिरहेको छ ।'
उनले भाजपाले केजरीवालमाथि गरेको आक्रमणको बदलाले जनताले चुनावी परिणाममार्फत् लिने बताएकी छन् ।
आगामी वर्ष दिल्लीमा विधानसभाको चुनाव छ । तर चुनावको मिति नजिकिन नपाउँदै दिल्लीको राजनीति गर्माएको छ । चुनावलाई नै लक्षित गर्दै आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका पूर्व मुख्यमन्त्री केजरीवालले शुक्रबार विकासपुरीमा पदयात्रा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास