शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

एनआरएनएमा एकताको विकल्प छैन : पूर्वअध्यक्ष लामिछाने

शुक्रबार, ०९ कात्तिक २०८१, २२ : ५९
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले संघको एकतामा जोड दिएका छन् । 

एनआरएनएका अभियन्ताहरू तीनतिर विभक्त भएको बेला उनले एकताको विकल्प नभएको बताएका हुन् । त्यसका लागि सबै मिलेर संस्थालाई पहिलेकै अवस्थामा फर्काउन प्रयासरत रहेको पनि रातोपाटीसँगको कुराकानीमा उनले बताए । 

‘संस्थालाई एकताबद्ध बनाउनु पर्छ । यो भन्दा बढी मेरो अरु थप टिप्पणी छैन’, उनले भने, ‘एकताका लागि हामी लागिपरिरहेका पनि छौँ ।’

यसैगरी १० औँ महाधिवेशनबाट अध्यक्ष चयन भएपनि सर्वोच्चबाट मान्यता नपाएकी रविना थापाले समेत एकताबाहेक अर्को विकल्प नभएको बताइन् । 

अब आपसी तिक्तता छाडेर एनआरएनएमा सहमति र सहकार्यको भाव वृद्धि गर्दै सबै लचक भएर महाधिवेशन एकताको गराउनेगरी सबैले पहलकदमी लिनुपर्ने उनको भनाइ थियो । 

परराष्ट्र मन्त्रालयले एकताको महाधिवेशन गराउन भन्दै पूर्वअध्यक्ष शेष घलेलाई पत्राचार गरेपनि एनआरएनएको बद्री केसी पक्षले साधारणसभा गर्न लागिरहेका बेला अधिकांश प्रभावशाली अभियन्ताहरुले भने एकतामा जोड दिँदै आएका छन् । 

एकताको महाधिवेशन हुनुपर्नेमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष कुमार पन्तसहित कुल आचार्यलगायतले पनि जोड दिएका छन् । 

यसैबीच शुक्रबारको पत्रकार सम्मेलनमा बद्री केसीले भने आफूहरुले तय गरेको साधारण सभालाई नै एकताको साधारण सभा बनाउन चाहेको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप