निर्माणाधीन नालामा मृत अवस्थामा भेटिए युवक

सिराहा । सिराहाको मिर्चैया नगरपालिका ६ स्थित निर्माणाधीन नालामा एक युवकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयादेखि करिब ५० मिटर पूर्व निर्माणाधीन लोक मार्गको नालामा सिराहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय नितेश कामतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।
स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको प्रहरीको भनाई छ । प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी आजै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाएको छ । उनको मृत्युको कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने सूचना अधिकारी पासमानले जानकारी दिए ।
स्थानीयले शुक्रवार बिहान सोही नाला वरिपरि ९–१० बजे आसपासमा घुमिरहेको देखेको प्रहरीको भनाई छ । उनी नालामा झोक्राएर बसेको र पछि त्यही सुतेको स्थानीयको भनाई रहेको छ । सुतेको धेरै बेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्र कुमार पासमानले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटरहरूले ओठ र अनुहारमा किन सेतो रङ लगाउँछन् ?
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
निजी सम्पत्ति सार्वजनिक गर्न र सुविधा त्याग्न शीर्ष नेताहरूमाथि अर्को दबाब
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु