शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थप चार देशमा श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त

शुक्रबार, ०९ कात्तिक २०८१, २२ : ०७
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप चार देशमा श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबिया र यूएईका लागि श्रम काउन्सिलर नियुक्त गरेको मन्त्रालयले थप चार देशका श्रम काउन्सिलर नियुक्त गरेको हो ।

साउदी अरेबियाको श्रम काउन्सिलरमा उपसचिव तथा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेती र यूएईका लागि दिपेन्द्र पौडेल नियुक्त गरेको थियो । थप वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाकी निर्देशक उपसचिव मैयाँ कँडेललाई दक्षिण कोरियाको श्रम काउन्सिलर नियुक्त गरेको हो ।

त्यस्तै मन्त्रालयका उपसचिव तथा गुनासो सुन्ने अधिकारी कृष्णप्रसाद भुसाल मलेसिया र सीता दुवाडी कतारका लागि श्रम काउन्सिलर नियुक्त भएका हुन् । मन्त्रालयले श्रम काउन्सिलर तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ बमोजिम मूल्यांकन गर्दै नियुक्त गरेको हो ।

त्यस्तै कतार, मलेसिया, बहराइन, ओमान, साउदी अरेबिया र यूएईका लागि श्रम सहचारी समेत नियुक्त गरेको छ । कतारको श्रम सहचारीमा शाखा अधिकृत प्रेम प्रसाद पोखरेल र बहराइन मनामाका लागि शाखा अधिकृत सुनीता थापा नियुक्त गरिएको थियो । पंकजलाभ कर्ण यूएई, जीवनकुमार घिमिरे साउदी अरब, विकासकुमार रजक मलेसिया र दामोदर ज्ञवालीलाई ओमानको श्रम सहचारी नियुक्त गरेको हो ।

मन्त्रालयले आन्तरिक प्रतिस्पर्धाका आधारमा उपसचिव स्तरका कर्मचारीलाई श्रम काउन्सिलर र अधिकृत स्तरका कर्मचारीलाई श्रम सहचारी नियुक्त गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप