कृषि क्रान्तिको युग सकियो : अध्यक्ष नेपाल

भक्तपुर । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताएका छन् । आजबाट भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको दिपल कम्पनीको इलेक्ट्रोनिक कारको स्वरुमको उद्घाटन गर्दै उनले अब सूचना प्रविधि (आइटी) को युग सुरु भएको बताए ।
उनले भने, “यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग, औद्योगिक क्रान्ति, विश्वलाई परिवर्तन गर्ने आइटी, नयाँ खोज र अनुसन्धानको युग हो । यसर्थ नयाँ ज्ञान र सीप हासिल गर्नु आजको आवश्यकता हो ।”
अध्यक्ष नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सवारी प्रदूषण कटौती गर्न जरूरी रहेको र त्यसका लागि इलेक्ट्रोनिक गाडीको प्रयोग बढाउने गरी सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे ।
उनले भने, “अब डिजेल पेट्रोलको प्रयोग नगर्ने, यसको खपत घटाउन आवश्यक छ । हाम्रो देश जलस्रोतको धनी भएकाले विद्युत् उत्पादन गरेर गाडीलगायत सवारी साधनको प्रयोग र प्रत्येक उद्योग कलकारखाना विद्युत्बाटै सञ्चालन गर्न सरकारले नीति ल्याउनुपर्छ ।”
कार्यक्रममा इलेक्ट्रोनिक कार दिपल कम्पनीको अध्यक्ष विष्णु अग्रवालले पछिल्लो समय इलेक्ट्रोनिक कारको माग उच्च रहेको र हाल दैनिक सयवटा गाडी बिक्री हुँदा ८० वटा इलेक्ट्रोनिक गाडी रोज्ने गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति