शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

शुक्रबार, ०९ कात्तिक २०८१, २१ : ०५
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताएका हुन् । 

गृहमन्त्री लेखकले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए । उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गरे । 

उनले भने, ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरू छन् । त्यसका पछाडि कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो ।’ 

गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमति निर्माण गरेर गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप