उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन : मन्त्री यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अधिनायकवादी सोच र सम्झौता गर्ने प्रवृत्तिको कारण पार्टी विभाजन भएको बताएका छन् ।
जसपा निकट संघीय शिक्षक फोरमको पर्सा जिल्ला कार्यसमिति र वीरगन्ज महानगरपालिका कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जसपा नेपालको नेतृत्वले अधिनायकवादलाई प्रश्रय दिने, धोका दिने बानी बसालेकाले पार्टी विभाजन भएको बताएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा मधेससँग दर्जनौँ पटक धोका गरेको आरोप लगाउँदै उनले पार्टीमाथि तानाशाह जस्तो एकलौटी शासन गरेको कारण आफूहरू अलग भएको बताए ।
मन्त्री यादवले मधेसमा मात्र सीमित रहने योजना नभएको भन्दै जसपा समग्र नेपालमा स्थायी रूपले स्थापित हुने दाबी गरे । पर्सा जिल्लामा मात्र नभई मधेसभरि जसपा नेपालको छिट्टै अन्त्य हुने दाबी गर्दै उनले जसपा नेपाल विभाजन हुनु अनिवार्य रहेको बताए । जसपा नेपालको वर्तमान नेतृत्वले मधेसको मुद्दालाई कमजोर बनाउँदै आएको उनले दाबी गरे ।
मन्त्री यादवले पर्सामा शिक्षक फोरमको नयाँ नेतृत्वले जसपा पार्टीलाई पनि अझ सशक्त बनाउने विश्वास लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ