शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

इन्टरपोलबाट रेड नोटिस जारी भएका सुजन आचार्यसहित दुईजना कम्बोडियामा पक्राउ

आचार्यलाई नेपाल फिर्ता ल्याइयो
शुक्रबार, ०९ कात्तिक २०८१, २० : ४०
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका दुईजना कम्बोडियामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० घर भएका सुजन आचार्य र बिनु शाक्य छन् ।

इन्टरपोलको समन्वयमा सुजन आचार्यलाई शुक्रबार नेपाल फिर्ता ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाउँछु भनेर उनले ४० जनाबाट ५ करोड २ लाख असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आचार्यविरुद्ध २०८० माघ १९ मा रेड नोटिस जारी भएको थियो ।

आचार्यविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय कारोबार सम्बन्धी कसुर र प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा विचाराधीन छ । आचार्यलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

आचार्य यसअघि प्रहरीसँग मिलेर हिरा लुटेको घटनामा जेल परेर छुटेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप