शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
केन्द्रीय समितिको बैठक

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

शुक्रबार, ०९ कात्तिक २०८१, २० : १०
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । 

बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताए । 

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप