शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक

शुक्रबार, ०९ कात्तिक २०८१, १९ : ३३
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक गरिएको छ । फिल्मले प्रदर्शनको तेस्रो साता प्रवेश गरेको अवसर पारेर यो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 

शम्भुजीत बास्कोटाको संगीतमा तयार भएको गीतमा कृष्णहरि बरालका शब्द, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ । 

गीतको भिडियोमा दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । फिल्मभित्र यी दुई पात्रको सम्बन्ध स्थापनाको कथावस्तुमा यो गीतको प्रयोग भएको छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक र वर्षाको अलवा केदार घिमिरे, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप