शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रचण्डको सचिवालयले भन्यो– पूर्वराजासँग भेटवार्ता भएको छैन

शुक्रबार, ०९ कात्तिक २०८१, १८ : २०
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको दाबीसहितको खबर सामाजिक सञ्जालमा फैलिएपछि प्रचण्डको सचिवालय बोल्न बाध्य भएको छ । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले यसबारे फैलिएको हल्ला कपोलकल्पित र झुट भएको बताए । माओवादी समाप्त भएर गएपनि ज्ञानेन्द्रसँग भेट हुन नसक्ने उनको भनाइ छ । 

‘यो माओवादीलाई कमजोर बनाउने हिसाबले नियोजित रूपमा कसैले कसैलाई प्रयोग गरेको देखिन्छ’, रातोपाटीसँग कुरा गर्दै मल्लले भने, ‘ज्ञानेन्द्रसँग भेट गर्ने भनेको माओवादी राजतन्त्र स्थापना गर्नका लागि तयार हुनुपर्छ । आफ्नै नेतृत्वमा भएको जनयुद्धले संघीय गणतन्त्र ल्याएको हो । ज्ञानेन्द्रसँग भेट गर्नु भनेको माओवादीले गणतन्त्रलाई समाप्त गरी राजतन्त्र स्थापना गर्न तयार हुनु हो । यस्ता कपोलकल्पित हल्लाको पछि नलाग्न म सबैमा आग्रह गर्छु ।’

 पत्रकार किशोर नेपालले समेत पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेट भएको विषय सामाजिक सञ्जालमा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप