शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

नामिबियाका कप्तान जेरार्ड इरसमस काठमाडौँ गुर्खाजमा अनुबन्ध

शुक्रबार, ०९ कात्तिक २०८१, १८ : १७
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ । जेरार्डले मंसिर १५ देखि काठमाडौँमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजबाट खेल्ने भएका हुन् । 

सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट प्लेयर अफ द इयरमा चुनिएका इरसमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । सोक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार रन बनाउनुका साथै ३८ विकेट र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ५ सय ५७ रन बनाउनुका साथै ५३ विकेट लिएका छन् ।

कप्तानको भूमिकामा इरसमसले नटआउट ५३ रन बनाउँदै आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया २०२१ मा ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुगेको थियो । 

नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएको ४ खेलमा उनले ३ मा विजय दिलाएका थिए । जसमा नेपालविरुद्धको दोस्रो खेलमा उनले अर्धशतक बनाएका थिए । 

उनको आगमनले काठमाडौँ गुर्खाजको ब्याटिङ, बलिङका साथै नेतृत्व टोलीलाई पनि ठुलो टेवा पुग्ने काठमाडौँ गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप