अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढी पहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास सङ्गठन अखिल भारत नेपाली एकता मञ्चले बाढी पहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मञ्चले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
मञ्चका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचिव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उनका निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मञ्चलाई धन्यवाद दिए । नेपालमा पटक–पटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर सङ्कट व्यवस्थापनको नेतृत्व गरेको बताए ।
बाढी पहिरोको पछिल्लो घटना लगत्तै पार्टीले पहल लिएर देशब्यापी रुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरूले पनि योगदान गरेकोमा प्रशंसा गरे ।
उनले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत् क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहत कोष स्थापना गरिएको, विज्ञहरूको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेको पार्टीको ज्ञापन पत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा विपक्षी दलहरूको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।
मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरूले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते, महासंघले आकस्मिक बैठक बोलायो
-
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
-
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
-
भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
-
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू