मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु
मुस्ताङ । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताए ।
मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन जारी राख्ने रास्वपाको निर्णय
-
१७ बैंकको निष्क्रिय कर्जा बढ्यो, संकटबिच तीन बैंकको सुधार
-
२० लाख रुपैयाँ घुस लिएको आरोपपछि वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृत मन्त्रालय तानिए
-
बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो सरकारको ध्यानाकर्षण
-
चन्दा उठाएको पैसा हिनामिना गरेको विवादमा जय प्रकाश यादवको हत्या
-
‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक