शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयका २९ कर्मचारीको सरुवा, १८ जनालाई सीडीओको जिम्मेवारी

शुक्रबार, ०९ कात्तिक २०८१, १६ : ४९
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । गृह मन्त्रालय र मातहतका २९ जना कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । गृहमन्त्री रमेश लेखकले १८ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव वसन्त अधिकारीलाई बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । प्राधिकरणमा सहसचिव रामबन्धु सुवेदीलाई ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनेमा रुपन्देहीमा वासुदेव घिमिरे, पर्सामा गणेश अर्याल, महोत्तरीमा लालबाबु कवारी, पाल्पामा तोयनारायण सुवेदी, दोलखामा शिवराम गेलाल, धनकुटामा टुवराज पोखरेल, गोरखामा पुण्यविक्रम पौडेल, तनहुँमा श्यामकृष्ण थापा र गुल्मीमा जनार्दन गौतम छन् । 

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा ल्याइएको छ । बाराका प्रजिअ शशिधर घिमिरे, पाल्पाका प्रजिअ आनन्द काफ्ले, ताप्लेजुङका प्रजिअ रवीन्द्रप्रसाद आचार्य र जाजरकोटका प्रजिअ उमाकान्त अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ । 

सङ्खुवासभाको सीडीओको जिम्मेवारी विनोदकुमार खड्का, भक्तपुरमा गोपालप्रसाद अर्याल र डोटीमा मोहनराज जोशीलाई दिइएको छ । भक्तपुरमा कार्यरत रोशनीकुमारी श्रेष्ठलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । 

ललितपुरका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिव रमेश ढकाललाई ललितपुरमा पठाइएको छ । उपसचिव रामचन्द्र अर्याल इलाका प्रशासन कार्यालय बुटवलमा सरुवा भएका छन् । 

गोरखाका प्रजिअ भोला दाहाललाई सप्तरीमा सरुवा गरिएको छ । बैतडीको प्रजिअ भीमकान्त शर्मालाई प्राधिकरणमा ल्याइएको छ । बैतडीमा दीर्घराज उपाध्यायलाई पठाइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राँतिलाई जाजरकोट र नेत्रप्रसाद शर्मालाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

12

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप