एनआरएनएको केसी पक्षले कार्तिक ११ र १२ गते वार्षिक साधारण सभा गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी पक्षले कार्तिक ११ र १२ गते काठमाडौँ वार्षिक साधारण सभा गर्ने भएको छ ।
अध्यक्ष बद्री केसीले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएका हुन् ।
एनआरएनए ग्लोबल कन्क्लेभ–२०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको केसीले बताए । संघभित्र रहेका असन्तुष्टिहरूलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रूपमा पनि नामकरण गरिएको उनको भनाई थियो ।
अध्यक्ष केसीले भने, ‘विधिवत् रूपमा संस्थामा केही समस्याहरू छन् भने त्यसमा छलफल गर्ने ठाउँ नै साधारण सभा हो । त्यसकारण पनि यो संस्थामा भएका साथीहरू असन्तुष्ट साथीहरूको लागि पनि, उहाँहरूको के विषयमा असन्तुष्टि हो, विधानको कुन धारामा उहाँहरूको असन्तुष्टि हो, निर्वाचन प्रणालीमा कहाँ असन्तुष्टि हो ? यी सबै विषयमा हामी छलफल गरेर सहमतिमा आउँछौं भन्ने विश्वास लिएका छौँ । त्यसकारण हामीले यसलाई एकताको साधारण सभा पनि भनेका छौं ।’
सो साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । साधारण सभामा नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता र मताधिकार, नेपाली मुलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धि विषयमा छलफल हुने एनआरएनएले जनाएको छ ।
अहिले एनआरएनएकै अर्को समूहले भने परराष्ट्रले एकताको महाधिवेशनका लागि पूर्वअध्यक्ष शेष घलेलाई पत्र पठाइसकेको अवस्थामा केसी पक्षले साधारण सभा गर्न लागेको भन्दै विरोध गरेको छ । एनआरएनएमा विगत केही समययता विवाद चर्किँदै गएपनि समाधान हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने