बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘दि कर्मा’मा नीताको सरप्राइज इन्ट्री !

शुक्रबार, ०४ जेठ २०७५, ११ : २१
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं – अभिनेत्री नीता ढुङ्गाना ‘दि कर्मा’ चलचित्रमा भित्रिएकी छन् । उनीसँगै चलचित्रमा परमिता राज्यलक्ष्मी राणा तथा बुद्दी तामाङ समेत भित्रिएको निर्माण युनिटले जनाएको छ । 

पुरै छायाँकन सकेर पोष्ट प्रोडक्सनमा रहेको यो चलचित्रमा नयाँ कलाकार भित्रिएको निर्माण युनिटले जनाएको छ । यी कलाकार किन र केका लागि भित्रिए वा पहिले नै थिए भन्ने विषयमा एक कार्यक्रमसहित बताउने निर्माता जय राज रायले बताए । उनले भने ‘कलाकार कस्तो चरित्र भित्रिए भन्ने कुरा सबै गीत र ट्रेलरले देखाउने छ ।’

भारतका मोडल तथा कलाकार करण वर्माको समेत मुख्य भुमिका रहेको चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाको बिषयमा बनेको हो । 

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रको निर्माण जय मिडिया म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा गरिएको हो । तराई क्षेत्र र भारतको सिक्कीममा छायाँकन गरिएको चलचित्रमा जय राज रायको कथा र रामेश्वर कार्कीको छायांकन रहेको छ । 

जय राज राय र निशा खतिवडा निर्माता रहेको चलचित्र नेपाली र हिन्दी दुई भाषामा बन्न लागेको हो । भदौमा चलचित्र रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप