शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्मृति कप क्रिकेट : नेपालको नेक्सस रुपन्देही र भारतको लाइफ केयर फाइनलमा

शुक्रबार, ०९ कात्तिक २०८१, १६ : ४१
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ क्लब रुपन्देहीको भैरहवामा जारि बीपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल शनिवार दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई र दोस्रो सेमिफाइनल खेलमा नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्सलाई हराए ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी, प्रतियोगितामा दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । म्यान अफ दि सिरिज घोषित हुने खेलाडीले पनि ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट बलरलाई २० हजार र प्रत्येक खेलको प्लेयर अफ दि म्याचले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप