शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ

शुक्रबार, ०९ कात्तिक २०८१, १६ : १७
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब)ले उनलाई शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत प्रतिवादी रहेको उक्त सहकारीमा रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी खनाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 

खनाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रवक्ता बोगटीले बताए । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप