चक्रवात दानाको अवतरण पछि भारतमा भारी वर्षा

नयाँदिल्ली । तीव्र चक्रवाती आँधी दानाको अवतरण पछि पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो ।
करीव १००–११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रहरूमा रूखहरू ढलाउनुका साथै बिजुलीका तारहरूमा क्षति पुर्याएको जनएइको छ । चक्रवातले केही अत्यावश्यक नागरिक सेवाहरूमा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्याइ प्रभावित क्षेत्रको जन– जीवनमा असर पारेको छ । यद्देपी अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन ।
भारतीय मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको छ । चक्रवात उत्तर ओडिसा हुँदै उत्तरपश्चिमतर्फ बढ्ने र आगामी पाँच घन्टामा बिस्तारै कमजोर हुने सम्भावना छ ।
चक्रवातको अवधिमा सावधानीको लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाइ तथा रेल सेवाहरू शुक्रवार बिहान देखि पुनः सुरु भएको अधिकारीहरूले जनाएका छन् ।
प्रभावित राज्यका स्थानीय सरकारहरूले करिब दश लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी विद्यालयहरू बन्द गरेको सुचना जारी गरेका थिए ।
प्रभावित राज्यका जिल्लाहरूमा, अधिकारीहरूले स्थानीयको सहायताका लागि स्थानीय विपद् व्यवस्थापन कर्मचारी, प्रहरी, चिकित्सा टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू तैनाथ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सहकारीलाई एकै डालोमा हालेर तुलना गर्न मिल्दैन : टीकाराम पोख्रेल
-
नेपाली सेनामा भर्ना खुल्यो, ८ पास गरेकाले आवेदन दिन सक्ने (सूचनासहित)
-
शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
-
गण्डकीको विकासमा समस्या: समितिले निर्णय गर्छ, कार्यान्वयन कसले गर्छ ?
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै