शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

बेलायतमा मुख्यालय रहेको आइटी कम्पनीले नेपालमा जित्यो विद्युतीय कारोबारको मुद्दा

शुक्रबार, ०९ कात्तिक २०८१, १५ : ३४
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । बेलायत मुख्यालय रहेर अमेरिका र नेपालसहित १० देशमा सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको आइटी कम्पनी चलाउँदै आएको जेनेस सलुशन कम्पनीले नेपालमा मुद्दा जितेको छ । 

जिल्ला अदालत काठमाडौँमा चलिरहेको विद्युतीय कारोबार मुद्दामा जिल्ला अदालतले सलुशनको पक्षमा फैसला सुनाएको हो । 

न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार सलुशनको पक्षमा फैसला सुनाएको हो । कविराज कँडेलले २०७९ असोज २ गते सलुशनविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले अन्तिम  फैसला सुनाउँदै दाबी नपुग्ने भनेको हो ।  फैसलाको पूर्णपाठ आउन भने समय लाग्ने छ । 

जेनेस सलुशन नेपाल, बंगलादेश, फिनल्याण्ड, अमेरिका, स्पेन, नाइजेरिया लगायत संसारका १० देशमा आइटी क्षेत्रमा कार्यरत एक प्रतिष्ठित कम्पनी हो । आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्न र आफ्ना ग्राहकहरूको डेटा सुरक्षित राख्ने काम यस कम्पनीले गर्दै आएको छ । 

करिब १५ वर्ष अगाडि विद्यार्थीको रूपमा बेलायत पुगेका अञ्जनीकुमार फुयाँलले त्यहाँ नै आइटी कम्पनी सुरु गरेका थिए ।  उनले नेपालमा करिब ६ वर्ष अगाडि जेनेस सलुशनको स्थापना गरेका थिए । अहिलेसम्म जेनेस सलुशनका १० वटा मुलुकमा रहेका कार्यालयले सयौँ युवाहरूलाई रोजगारी प्रदान गरिरहेका  छन्  । 

जेनेस सलुशनका सीइओ फुयाँलले दुई वर्षपछि न्याय पाएको बताए । 

‘यो फैसलाले हामी निर्दोष  रहेको प्रमाणित गरेको छ र  हामीलाई दुख दिने मनसायले मात्रै उक्त मुद्दा दायर गरिएको थियो भन्ने हाम्रो भनाइको पुष्टि भएको छ, फुयाँलले भने ।  

प्रविधि क्षेत्रमा महिला सहभागिता बढाउन जेनेस सलुशनले शिक्वल फाउन्डेशन तथा गर्ल्स (इन) टेक जस्ता कार्यक्रमहरूलाई सञ्चालन गदै आएको छ । त्यसैगरी एडब्लुएस एकेडेमी, माइक्रोसफ्ट एकेडेमी तथा विश्वस्तरमै प्रविधि क्षेत्रका अन्य अग्रणी संस्थाहरुसंग सहकार्य गर्दै जेनेस सलुशनले नेपालका विभिन्न विश्वविद्यालयहरूका प्रविधि सम्बन्धी पाठ्यक्रम अद्यावधिक गर्न पनि सहयोग गरिरहेको छ ।  

नेपालमा कोभिड–१९ महामारीका कारण  लकडाउन हुँदा पहिलो पटक जुम भित्र्याएर जेनेस सलुशनले नेपालको व्यावसायिक तथा शैक्षिक क्षेत्रलाई क्रियाशील तुल्याउन योगदान पुराएको थियो ।  अमेजन वेब सर्भिसेजको परामर्श साझेदारको रुपमा जेनेस सलुशनले क्लाउड सेवामार्फत स्थानीय व्यवसायहरूलाई क्लाउड कम्प्युटिंग प्रविधि अपनाउन र तिनको डिजिटल पुनर्संरचनामा योगदान पुर्‍याउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप