शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक

शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । तिहार नजिकिँदै गर्दा तिहारका विषयमा निर्माण भएका गीत धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको गीत ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । 

परदेशमा रहेका दाजु–भाइ र दिदी–बहिनी तिहारमा भेट नहुँदाको भावनात्मक कथा गीतमा समेटिएको छ ।

लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दीर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता गीतको भिडियोमा देखाउन खोजिएको छ । 

भिडियोमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलीप श्रेष्ठ, अपार श्रेष्ठलगायतको अभिनय छ ।  भिडियो जोयस पाण्डे निर्देशन गरेका हुन् । 

भिडियोको सबै छायांकन अमेरिकामै भएको हो । ताइवानका चिनइन गावाको छायांकन रहेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया