शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

‘ह्रस्व दीर्घ’ नेपालमा पनि दुई भाषामा रिलिज हुने

शुक्रबार, ०९ कात्तिक २०८१, १५ : १८
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा पनि नेपाली र हिन्दी दुबै भाषामा एकसाथ रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै फिल्म कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि एकसाथ प्रदर्शन गर्ने तय गरेको हो ।

फिल्म विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेदेखि दुबै भाषामा लाग्ने जानकारी निर्माता नीता ढुंगानाले दिइन् । नेपाली र हिन्दीमा रिलिज भएको दुई महिनापछि फिल्म  तेलुगु भाषामा पनि रिलिज हुनेछ । निर्माण नै त्यसैगरी गरिएको र धेरै बलिउड कलाकार भएकोले फिल्म हिन्दी र तेलुगु भाषामा रिलिज गर्न लागिएको निर्माता तथा अभिनेता हरिहर अधिकारीले बताए ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म कवीरलालले छायांकन गरेका हुन् । चन्द्र पन्तको निर्देशन रहेको फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप