शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

शुक्रबार, ०९ कात्तिक २०८१, १४ : ४१
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबिच बैंकका ग्राहकहरूलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको हो । 

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईँले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकका ग्राहकहरूले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरू खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग बापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन् । 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप