शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रविका कार्यकर्ताको नारा : ओइ सरकार ओइ, ८७ अर्ब र यती–ओम्नी खोइ ?

शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ४९
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।  पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरु प्लेकार्डसहित उपस्थित भएका थिए । उनीहरुले भ्रष्टाचार विरोधी नाराबाजी गरेका छन् । 

प्रदर्शनकारीहरूले  ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरीबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए । 

रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप