तिहार फ्लाेरा एक्स्पाे भृकुटीमण्डपमा सुरु (तस्बिरहरू)
शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ४४
![तिहार फ्लाेरा एक्स्पाे भृकुटीमण्डपमा सुरु (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/flower-(14)_58P55kawak.jpg)
काठमाडौँ । तिहार फ्लोरा एक्स्पो २०८१ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । "तिहारको उत्सव फूलको महोत्सव" भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले गरेको प्रदर्शनी कात्तिक १३ गते सम्म भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ ।
मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहने छ । मेलामा ३५ हजारले अवलोकन गर्नुका साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।
एक्स्पो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजयाली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन