जम्मू कश्मीर : चरमपन्थी हमलामा दुई भारतीय सैनिकको मृत्यु
शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ४१
जम्मू । जम्मू कश्मीरको बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा भएको चरमपन्थी हमलामा दुई सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले मारिने दुवै सैनिकको नाम सार्वजनिक गरेको छ ।
भारतीय सेनाको शाखाका अनुसार मारिने सैनिकमा चिनार कोरले राइफल म्यान कैसर अहमद शाह र राइफल म्यान जीवन सिंह रहेका छन् । चिनार कोरले उनीहरूको असीम बहादुरी र बलिदानलाई सलाम गर्ने बताएको छ।
शुक्रबार भारतीय सेनाको गाडीमा चरमपन्थी हमलाको खबर सार्वजनिक भएको थियो । भारतीय सेनाका अनुसार यस हमलामा अन्य दुई सैनिक र दुई भरिया घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला र एलजी मनोज सिन्हाले यस हमलाको कडा निन्दा गर्दै शोक व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
-
शकिब अल हसनविरुद्ध पक्राउ पुर्जी जारी
-
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद
-
४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प
-
माघमा ७ फिल्म प्रदर्शन हुँदै ः निर्माण बढ्नुको प्रभाव मात्र कि व्यावसायिक आस पनि ?
-
कर्णालीमा हचुवामै कानुन निर्माण गर्ने प्रवृत्तिले समस्या