विकास र समृद्धिका काम जनअपेक्षाअनुसार हुन नसकेकोबारे मनन गरेका छौँ : महासचिव पोखरेल
_2ULjOWfSiE.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई ‘कठपुतली’ जस्तै नचाउन सकिन्छ भन्ने उद्देश्यले चौतर्फी घेराबन्दी आक्रमण भइरहेको बताएका छन् ।
शुक्रवार अखिल नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका हुन् ।
‘एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई कठपुतली जस्तै नचाउन सकिन्छ भन्ने सच्चाई हामीले बुझ्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘हो विकास र समृद्धिका काम जनअपेक्षा अनुसार हुन नसकेकोमा पार्टीले मनन गरेको छ ।’
यस्तो घेराबन्दी र आक्रमणले पार्टी चुकेको र गलत दिशामा हिँडेको हो कि भन्ने माहौल सिर्जना गरिएको पोखरेलको भनाइ छ । उनले यस्तो प्रवृत्तिले नेपालको राजनीतिलाई कुन बाटोमा अघि बढाउने ? भन्ने प्रश्न उठेको भन्दै सही बाटोमा लैजाने कि पपुलिजमलाई ? साथ दिने दोसाँधमा रहेको बताए ।
युक्रेनको उदाहरण दिँदै महासचिव पोखरेलले त्यहाँ हास्य कलाकारलाई राष्ट्रपतिमा निर्वाचित गर्दा जनताले सास्ती खेप्नुपरेको बताए । ‘युक्रेनमा राजनीति नबुझेको व्यक्ती राष्ट्रपति हुँदाको पीडा त्यहाँका जनताले भोगिरहेका छन्’, पोखरेलको भनाई छ । उनले समाजमा सांस्कृतिक मूल्यको विघटन तीव्र गतिमा भइरहेको भन्दै त्यसलाई रोक्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’