शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

६ वर्षपछि टेलिभिजनमा कम्ब्याक गर्दै सीआईडी

शुक्रबार, ०९ कात्तिक २०८१, १३ : २१
शुक्रबार, ०९ कात्तिक २०८१

मुम्बई । लोकप्रिय क्राइम ड्रामा सिरिज सीआईडी सानो पर्दामा फर्कँदैछ। सोनी टिभीको इन्स्टाग्राम पेजमा सीआईडीको टिजर रिलिज भएको छ, जसलाई हेरेर सबै उत्साहित भएका छन् ।

प्रोमोमा शिवाजी साटम उर्फ एसीपी प्रद्युमनको झलक देखिन्छ। पानी परिरहेका बेला उनी हातमा छाता लिएर गाडीबाट बाहिर निस्केको देखिन्छ । उनले आफ्नो अगाडि केहि देख्छन्, जसलाई देखेपछि उनको अनुहारको नै रङ नै बदलिन्छ । 

यो भिडियो दर्शकमाझ निकै भाइरल भइरहेको छ । सीआईडी टिभीमा प्रसारण हुने सबैभन्दा लामो क्राइम ड्रामा शो हो। सोनी टिभीले सेयर गरेको प्रोमोको क्याप्सनमा लेखिएको छ- ‘आफ्नो क्यालेन्डरमा चिन्ह लगाउनुहोस्, २६ अक्टोबरमा एक विस्फोटक प्रोमो ड्रप हुनेछ।’ 

सीआईडी सन् २०१८ सम्म टिभीमा चलेको थियो। यसमा शिवाजी साटम उर्फ एसीपी प्रद्युम्न, आदित्य श्रीवास्तव उर्फ इन्स्पेक्टर फ्रेडरिक्स र नरेन्द्र गुप्ता उर्फ डाक्टर सालुन्खे मुख्य भूमिकामा छन् । सन् १९९८ देखि यो टिभीमा लगातार आइरहेको थियो । यो २० वर्षमा शो प्रशंसकबिच लोकप्रिय रह्यो।

स्रोतले पिंकभिलालाई दिएको जानकारी अनुसार सीआईडीको सुटिङ नोभेम्बर महिनाबाट मुम्बईमा सुरु हुनेछ। यो शोका लागि निर्माताले दर्शकबाट निरन्तर माग पाइरहेका थिए । लामो ब्रेकपछि राम्रो स्क्रिप्ट तयार भएको छ । यसमा दयानन्द शेट्टी पनि देखिनेछन् । बाँकी कलाकार पनि उस्तै रहनेछन् । 

६ वर्षपछि शो डिसेम्बरदेखि क्रिसमसको अवसरमा टिभीमा प्रसारण सुरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप