शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

आरोही निर्मल पुर्जालाई काठमाडौँमा भव्य स्वागत

शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ०१
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । सातै महादेशका अग्ला हिमाल दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्थालगायत शुभेच्छुकले काठमाडौँमा भव्य स्वागत गरेका हुन् ।

पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्‍याली सहित काठमाडौँको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसंग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताए । 

उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफू विश्वको पहिलो व्यक्ति हुन पाउँदा गौरव महसुस भएको बताए ।

उनले रेकर्डका लागि भन्दा पनि देशको नाम उँचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गरे । पुर्जाले वर्षभर नै आफू विभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप