शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँमा साहित्यिक विश्व सम्मेलन हुँदै

शुक्रबार, ०९ कात्तिक २०८१, १२ : ३९
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घले कार्तिक १० र ११ गते काठमाडौँमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएको छ । 

महासङ्घले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका विभिन्न देशका साहित्यिक व्यक्तिहरूको सहभागिता रहने महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी दिए । 

सम्मेलनका क्रममा वर्षको उत्कृष्ट कविता तर्फ प्रथम किशन पौडेललाई रु १५ हजार र प्रमाणपत्र, द्वितीय हुने समीप बैरागीलाई रु १० हजार र प्रमाणपत्र र तेस्रो हुने भारती न्यौपानेलाई रु ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको उनले बताए । 

त्यस्तै नेपालसहित विभिन्न देशका ८ स्रष्टालाई साहित्यदूत सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा समसामयिक साहित्यबारे छलफल हुनाका साथै महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप