प्रयोगविहीन झोलुङ्गे पुल स्थानान्तरण गर्ने निर्णय
विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगविहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका मन्त्री भूपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरू स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरू अहिले प्रयोगविहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक ठाउँमा सार्ने काम सुरु हुन्छ ।’
यस्तै मन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरू योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय पनि गरेका छन् ।
‘क्रोनिक योजनाहरु निर्माण हुन किन सकेन भनेर योजनास्थलमै सर्वसाधारण, उपभोक्ता, निर्माण व्यवसायी, मन्त्रालय तथा पूर्वाधार कार्यालय त्यहाँ गएर छलफल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘उक्त योजना नबनाउने हो भने त्यहीँ ठेक्का तोड्ने र बनाउने हो भने काम नहुनुको कारण के हो ? स्थानीयको अवरोध हो कि ? निर्माण व्यवसायीले ठगेको हो कि ? भुक्तानीमा समस्या हो कि के हो भन्ने विषयमा जानकारी लिने काम हुन्छ ।’
यसैबीच बिहीबारदेखि स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी पाएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै शैलजा आचार्य हृदय रोग उपचार केन्द्र र गंगालाल हृदय रोग अस्पतालबिच अस्पताल सञ्चालनका लागि सम्झौता गर्ने निर्णय गरेको छ ।
‘संघीय स्वास्थ्यमन्त्री प्रदीप पौडेलज्यूसँग पनि कुरा गरेर शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई सञ्चालनका लागि गंगालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर र भक्तपुरमा सीडीओ फेरिए, अन्य कुन जिल्लमा को ?
-
चीनले बोलाए भ्रमणमा जान्छु : परराष्ट्रमन्त्री राणा
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट
-
लेखा समितिमा ८५ वटा उजुरी, सम्बन्धित निकायको प्रतिक्रिया लिँदै समिति
-
कवितामा चित्र कोर्दै कलाकार
-
सिटामोल अभाव छैन : औषधि लिमिटेड