शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

इन्स्टाग्राममा ऐश्वर्या रायका फलोअर १४ मिलियनभन्दा बढी, एक जनालाई मात्र उनको ‘फलो’

शुक्रबार, ०९ कात्तिक २०८१, १२ : ०५
शुक्रबार, ०९ कात्तिक २०८१

मुम्बई । बलिउड नायिका ऐश्वर्या रायको दाम्पत्य जीवनका बारेमा विभिन्न अड्कलवाजी भइरहेको छ । पति अभिषेक बच्चनसँग उनको सम्बन्ध विच्छेद हुन लागेको खबर केही महिनादेखि निरन्तर आइरहे पनि औपचारिक रूपमा सम्बन्धित परिवारले यसबारे केही खुलाएको छैन ।

बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिषेक र बुहारी ऐश्वर्यको दाम्पत्य जीवनलाई लिएर भारतीय मिडियाले अनेक अड्कलवाजी गर्दै आएका छन् । बच्चन परिवार कहाँ जान्छ, के बोल्छन् र उनीहरूको सामाजिक सञ्जालमा कस्तो फोटो र विषय समेटिन्छ भनेर चासो राख्ने धेरै छन् ।

यही क्रममा ऐश्वर्या रायको सामाजिक सञ्जाल इन्स्टाग्राम यतिबेला चर्चाको विषय बनेको छ । ऐश्वर्याको इन्स्टाग्राम अकाउन्टमा १४ मिलियनभन्दा धेरै फलोअर छन् । तर ऐश्वर्याले भने एक जनालाई मात्र फलो गरेकी छन् ।

बलिउडमा लामो समय काम गरेकी उनले आफ्ना साथी, सहकर्मी, निर्माता–निर्देशक लगायत अरु कसैलाई फलो नगरी आफ्नै पति अभिषेक बच्चनलाई मात्र फलो गरेकी छन् । ऐश्वर्याको इन्स्टाग्राम अकाउन्टमा उनका पारिवारिक तस्बिर देखिन्छ । यसले गर्दा पनि अभिषेक र उनको सम्बन्ध राम्रै रहेको बुझ्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप