शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

एनआरएनएको साधारण रोक्न माग गरिएको रिट ‘हेर्न नमिल्ने’

शुक्रबार, ०९ कात्तिक २०८१, १२ : ०३
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी पक्षले गर्न लागेको साधारण सभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट ‘हेर्न नमिल्ने’ भएको छ । 

 गैरआवासीय नेपाली संघको सचिवालयलगायतलाई विपक्षी बनाएर आरके शर्मासहित ३ जनाले दायर गरेको रिटको पेसी न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासमा तोकिएकोमा हेर्न नमिल्ने भएको हो । 

सुवेदीसहितको संलग्नतामा यसअघि पनि सोही प्रकृतिको मुद्दाको फैसला भएकाले मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । 

शर्माले अक्टोबर २७ देखि बद्री केसी पक्षले विवादका बिच साधारण सभा गर्न लागेकाले त्यसलाई रोक्न माग गर्दै बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप