१४ किलो चाँदीसहित २ जना पक्राउ
शुक्रबार, ०९ कात्तिक २०८१, ११ : ४८
बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन् ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा चेकजाँच गर्दा उनीहरूको साथबाट कुल १४ किलो चाँदी बराबर भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
चाँदीको अनुमानित मूल्य २५ लाख ४ हजार ९ सय ५० रूपैयाँ बराबर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टहरू सरकारमा, ०८४ सम्म रास्वपा सदन र सडकमा : ढकाल
-
माइतीघरमा रास्वपाको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
आँखालाई स्वस्थ राख्न खानुहोस् यी ५ खानेकुरा
-
सञ्जय यादव मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त
-
रविका कार्यकर्ताको नारा : ओइ सरकार ओइ, ८७ अर्ब र यती–ओम्नी खोइ ?
-
तिहार फ्लाेरा एक्स्पाे भृकुटीमण्डपमा सुरु (तस्बिरहरू)