रंगशालामा पिउने पानीको अभाव, २० समर्थक अस्पताल भर्ना !
शुक्रबार, ०९ कात्तिक २०८१, ११ : १२

काठमाडौँ । भारत र न्युजिल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट पुणेमा चलिरहेको छ । तर, स्टेडियममा दर्शकका लागि पिउने पानीको निकै समस्या देखिएको छ । दोस्रो टेस्टको पहिलो दिन बिहीबार पिउने पानीको अभावका कारण स्वास्थ्यमा समस्या देखिएपछि २० जना समर्थकलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
महाराष्ट्र क्रिकेट एसोसिएसनले रंगशालामा दर्शकका लागि पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । तर, एसोसिएसनले आफ्नो प्रतिबद्धता पुरा गर्न नसकेको भन्दै अहिले ब्यापक आलोचना भइरहेको छ ।
महाराष्ट्र क्रिकेट एसोसिएसनले पनि आफ्ना कमजोरी स्वीकार गरेको छ । आफ्नो कमजोरीका कारण समर्थकले सास्ती खेप्नु परेको भन्दै क्षमायाचना पनि गरेको छ । एसोसिएसनले दोस्रो दिनदेखि स्टेडियममा पिउने पानीको अभाव हुन नदिन प्रतिबद्धता पनि ब्यक्त गरेको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोलीको जितपछि पनि कप्तान रियान परागलाई १२ लाखको घाटा
-
आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु
-
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा
-
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
-
हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा
-
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना