शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
अदालत

एनआरएन विवाद : आरके शर्माको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी

शुक्रबार, ०९ कात्तिक २०८१, ११ : ०४
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । गैरआवासीय नेपालीहरूको संस्थाको विवादमा आरके शर्मा पक्षले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ । शर्माका तर्फबाट कात्तिक ८ गते सर्वोच्चमा नयाँ रिट दर्ता गरिएको थियो ।

शर्मा समूहले एनआरएनएको अर्को समूहले परराष्ट्र मन्त्रालयले एकता महाधिवेशन गर्न पत्र पठाएको अवस्थामा साधारणसभा लगायतका गतिविधि गर्न लागेको र उक्त कार्य अवैधानिक हुने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो । 

शर्मा समूहले यसअघि सर्वोच्चले बद्री केसी समूहलाई काम गर्ने अधिकार नदिएको तर उनीहरुले त्यस विपरीत गतिविधि सञ्चालन गर्न खोजेकाले रोक्न अन्तरिम आदेश जारी गर्न माग रिटमा गरेका छन् ।

सर्वोच्चले आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा केसी समूहले कुनै पनि गतिविधि गर्न रोक लाग्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप