शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

बजाजले ल्यायो मोटरसाइकल साटासाटको योजना

शुक्रबार, ०९ कात्तिक २०८१, ११ : ०५
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ ।  नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना सुरु गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न कम्पनीले जनाएको छ । 

हंसराज हुलास चन्द एन्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले भने, “बजाज बाइकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना सुरु गरेका हौँ । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरू अझ अरू पनि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौ ।”

यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । 

यो योजना यही कार्तिक ८ गतेदेखि सुरु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप