शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

‘केटी हराएको सूचना’ को पोष्टरमा गम्भीर मुद्रामा नाजिर र सृष्टि

शुक्रबार, ०९ कात्तिक २०८१, १० : ५०
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ । यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हंसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक तरिकाबाट प्रस्तुत गरिएको छ । 

पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो परिवेशको नयाँ चलचित्र’ को शीर्षक राखिएको छ । जसमा चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम देख्न सकिन्छ ।  कार्तिक ३० गते रिलिज हुने चलचित्रको यसअघि सार्वजनिक गीत, टिजर र पोस्टरले बजारमा छुट्टै हाइप बनाइसकेको छ ।

दीपेन्द्र गौचन निर्देशित चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता रहेको छन् । 

अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत रहेको चलचित्रमा राजीव कर्णको कोरियोग्राफी छ । चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भएको थियो । चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप